काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनचाँदीको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा ४ सय रुपैयाँले बढेको छ।
बिहीबार प्रतितोला १ लाख ९४ हजार ८ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन शुक्रबार १ लाख ९५ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ।
त्यस्तै, चाँदीको मूल्य पनि वृद्धि भएको छ। आज चाँदी प्रतितोला २० रुपैयाँ बढेर २३ सय १० रुपैयाँ पुगेको छ।
22 Aug 2025