सुन–चाँदीको भाउ घट्यो

hitkhabar.com


काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनको मूल्य उल्लेख्य रूपमा घटेको छ। अघिल्लो दिन सामान्य रूपमा बढेको सुनको भाउ आज प्रतितोला २ हजार रुपैयाँले घटेको हो।

नेपाल सुन–चाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको विवरणअनुसार शुक्रबार सुनको मूल्य घटेर प्रतितोला २ लाख ५८ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ। यसअघि बिहीबार सुन प्रतितोला २ लाख ६० हजार ४०० रुपैयाँमा खरिद–बिक्री भएको थियो।

सुनसँगै चाँदीको मूल्यमा पनि गिरावट आएको छ। शुक्रबार चाँदी प्रतितोला ७५ रुपैयाँले घटेर ४ हजार ५ रुपैयाँमा झरेको छ। बिहीबार चाँदीको मूल्य प्रतितोला ४ हजार ८० रुपैयाँ रहेको थियो।

प्रतिक्रिया