देशभर आंशिक बदली, केही स्थानमा मेघगर्जनसहित वर्षाको सम्भावना

hitkhabar.com


काठमाडौं । हाल नेपालमा पश्चिमी वायु, उपल्लो वायुमण्डलमा रहेको उच्च चापीय प्रणाली तथा नेपालको पूर्वी भू–भाग नजिक बनेको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव रहेको छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो देशभर साधारणतया आंशिकदेखि सामान्य बदली रहनेछ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी तथा हिमाली भू–भागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा हुने सम्भावना रहेको छ।

यस्तै, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्का वर्षा वा हिमपात हुन सक्ने अनुमान गरिएको छ। लुम्बिनी प्रदेशको तराई भू–भागका एक–दुई स्थानमा पनि मेघगर्जनसहित हल्का वर्षा हुन सक्ने महाशाखाले जनाएको छ।

मौसमविद्हरूले मेघगर्जन र चट्याङ हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन सर्वसाधारणलाई आग्रह गरेका छन्।

प्रतिक्रिया