आइतबारका लागि विदेशी मुद्राको विनिमयदर

hitkhabar.com


काठमाडौँ । नेपाल राष्ट्र बैंकलेआइतबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ। बैंकले जारी गरेको दरमा अमेरिकी डलरसहित युरो, पाउण्ड, खाडी मुलुकका मुद्रादेखि एसियाली मुद्रासम्मका दरमा हल्का उतार–चढाव देखिएको छ।

बैंकका अनुसार अमेरिकी डलर १ को खरिददर १४३ रुपैयाँ ६८ पैसा र बिक्रीदर १४४ रुपैयाँ २८ पैसा तोकिएको छ।

त्यसैगरी युरोपियन युरो १ को खरिददर १६७ रुपैयाँ ३४ पैसा र बिक्रीदर १६८ रुपैयाँ ०४ पैसा निर्धारण गरिएको छ।

युके पाउण्ड स्ट्रलिङ १ को खरिददर १९१ रुपैयाँ ५५ पैसा, बिक्रीदर १९२ रुपैयाँ ३५ पैसा रहेको छ।

स्वीस फ्रयाङ्क १ को खरिददर १७८ रुपैयाँ ८३ पैसा र बिक्रीदर १७९ रुपैयाँ ५८ पैसा कायम गरिएको राष्ट्र बैंकले जनाएको छ।

अष्ट्रेलियन डलर १ को खरिददर ९५ रुपैयाँ २९ पैसा, बिक्रीदर ९५ रुपैयाँ ६९ पैसा र क्यानडियन डलर १ को खरिददर १०३ रुपैयाँ ०६ पैसा, बिक्रीदर १०३ रुपैयाँ ४९ पैसा तोकिएको छ।

सिङ्गापुर डलर १ को खरिददर ११० रुपैयाँ ९१ पैसा, बिक्रीदर १११ रुपैयाँ ३७ पैसा, जापानी येन १० को खरिददर ९ रुपैयाँ २६ पैसा, बिक्रीदर ९ रुपैयाँ ३० पैसा र चिनियाँ युआन १ को खरिददर २० रुपैयाँ ३२ पैसा, बिक्रीदर २० रुपैयाँ ४१ पैसा रहेको छ।

साउदी अरेबियन रियाल १ को खरिद ३८ रुपैयाँ २९ पैसा, बिक्री ३८ रुपैयाँ ४४ पैसा, कतारी रियाल १ को खरिद ३९ रुपैयाँ ४२ पैसा, बिक्री ३९ रुपैयाँ ५८ पैसा, युएई दिराम १ को खरिद ३९ रुपैयाँ १२ पैसा, बिक्री ३९ रुपैयाँ २८ पैसा  तोकिएको छ।

यसका साथै, थाइ भाट १ को खरिद ४ रुपैयाँ ५१ पैसा, बिक्री ४ रुपैयाँ ५३ पैसा, मलेसियन रिङ्गेट १ को खरिद ३४ रुपैयाँ ९५ पैसा, बिक्री ३५ रुपैयाँ १० पैसा, साउथ कोरियन वन १०० को खरिद ९ रुपैयाँ ७५ पैसा, बिक्री ९ रुपैयाँ ७९ पैसा, स्वीडिस क्रोनर १ को खरिद १५ रुपैयाँ २६ पैसा, बिक्री १५ रुपैयाँ ३३ पैसा, डेनिस क्रोनर १ कोखरिद २२ रुपैयाँ ४१ पैसा, बिक्री २२ रुपैयाँ ५० पैसा तोकिएको छ।

यस्तै, हङकङ डलर १ को खरिददर १८ रुपैयाँ ४६ पैसा, बिक्रीदर १८ रुपैयाँ ५३ पैसा, कुवेती दिनार १ को खरिददर ४६८ रुपैयाँ १४ पैसा, बिक्रीदर ४७० रुपैयाँ ०९ पैसा, बहराइन दिनार १ को खरिददर ३८१ रुपैयाँ १४ पैसा, बिक्रीदर ३८२ रुपैयाँ ७३ पैसा, र ओमानी रियाल १ को खरिददर ३७३ रुपैयाँ १९ पैसा, बिक्रीदर ३७४ रुपैयाँ ७५ पैसा निर्धारण गरिएको छ।

भारतसँगको व्यापारमा प्रयोग हुने भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा कायम गरिएको छ।

प्रतिक्रिया