आज देशका केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना

hitkhabar.com


काठमाडौं । हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेको छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो देशको हिमाली भू–भागमा सामान्यतया बदली रहनेछ भने पहाडी र तराईका अधिकांश स्थानमा आंशिक बदली रहने अनुमान गरिएको छ।

कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भू–भागका थोरै स्थानहरूमा तथा बाँकी हिमाली क्षेत्रका एक–दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षा वा हिमपात हुने सम्भावना रहेको महाशाखाले जनाएको छ।

त्यसैगरी कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षा हुन सक्ने सम्भावना रहेको छ।

प्रतिक्रिया