आजको मौसम : देशभर बदली, कर्णाली र सुदूरपश्चिममा भारी वर्षा तथा हिमपातको सम्भावना

hitkhabar.com


काठमाडौं । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशभर पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायूको प्रभाव जारी रहँदा मौसम बदली हुने भएको छ।

आज दिउँसो देशका अधिकांश स्थानमा आंशिकदेखि सामान्य बदली रहनेछ। विशेषगरी कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै स्थानहरूमा तथा गण्डकी, लुम्बिनी र कोशी प्रदेशका पहाडी तथा हिमाली भू-भागका केही स्थानहरूमा मेघगर्जन, चट्याङ र असिनासहित मध्यम वर्षा तथा हिमपातको सम्भावना रहेको छ।

यस्तै, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली क्षेत्रका एक–दुई स्थानमा भारी वर्षा तथा हिमपातको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ।

प्रतिक्रिया