आजको मौसम : हिमाली क्षेत्रमा वर्षा/हिमपातको सम्भावना

hitkhabar.com


काठमाडौं । हाल नेपालमा पश्चिमी वायु तथा स्थानीय वायूको आंशिक प्रभाव देखिएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशभर मिश्रित मौसम रहनेछ।

आज दिउँसो हिमाली भू-भागमा सामान्यतया बादल लाग्नेछ भने पहाडी क्षेत्रमा आंशिक बदली रहनेछ। तराई भू-भागमा भने मौसम मुख्यतया सफा रहने जनाइएको छ।

कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली क्षेत्रका थोरै स्थानहरूमा मेघगर्जन तथा चट्याङ्गसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना रहेको छ। साथै, अन्य पहाडी तथा हिमाली क्षेत्रका एक-दुई स्थानमा पनि यस्तै किसिमको मौसम देखिन सक्ने मौसमविद्हरूले बताएका छन्।

मौसमविद्हरूले विशेषगरी हिमाली तथा पहाडी क्षेत्रमा सतर्कता अपनाउन आग्रह गरेका छन्।

प्रतिक्रिया